घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा लगेर महिलामाथि जबरजस्ती करणी

काठमाडौं । प्रहरीले मोटरसाइकलमा घर पुर्‍याइदिन्छु भन्दै महिलामाथि जबरजस्ती करणी र लुटपाटमा गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे का कैलाश भन्ने रोहन नेपाली रहेका छन् ।

उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो ।

महाशाखाका अनुसार नेपालीले ती महिलालाई गत असोज १५ गते बेलुका ७ बजेको समयमा सिन्धुपाल्चोकको चौतारा पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा लिएर गएका थिए । तर उनले ती महिलालाई घर नलगी सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं ४ स्थित मान्जे भन्ने ठाउँमा लगि अन्य व्यक्तिहरुको जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलामाथि उनका अन्य साथीहरुको संलग्नतामा उनीमाथि जबरजस्ती करणी भएको थियो ।

त्यस्तै उनीहरुले ती महिलासँग भएको गरगहना समेत लुटपाट गरेको महाशाखाले जनाएको छ । उनलाई पक्राउ गरी थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?