अभिनेत्री जयश्रीले गरिन् आत्महत्या

काठमाडौं । कन्नड अभिनेत्री र बिग बोस कन्नडकी पूर्व कन्टेस्टेन्ट जयश्री रमैयाले सोमवार आत्महत्या गरेकी छन् ।

उनको शव बेंगलुरुमा उनको उपचार भइरहेको आश्रमको कोठामा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

रिपोर्टसका अनुसार उनी लामो समयदेखि डिप्रेशनसँग लडीरहेकी थिइन् ।

जसका कारण उनी सन्ध्या किरण आश्रममा गएर बसेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?