विवाहको खर्च कटाएर रंगशाला निर्माणको लागि आर्थिक सहयोग

काठमाडौं । एक नवविवाहित जोडीले आफ्नो विवाहको खर्च कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् ।

जनस्तरबाट रकम संकलन गरी चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि बुटवल निवासी लोकेश गिरि र पद्मा गिरिले विवाहको खर्च कटौती गरी २२ हजार २ सय २५ रुपैयाँ सहयोग गरेका हुन् ।

सोमवार उक्त रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

सहयोग रकम ग्रहण गर्दै फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, “यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा लोकेश गिरि ज्यु र पद्मा गिरि ज्यु साथै उहाँको सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?