महामारीमा अम्बानीले १ घण्टामा जति कमाए, त्यति कमाउन सामान्य मजदूरलाई १० हजार वर्ष लाग्छ !

काठमाडौं । कोरोनाले एकातिर गरीबलाई रुवाइरहेको छ भने अर्कोतिर भारतका सबैभन्दा धनी व्यक्ति यो बेलामा अत्याधिक पैसा कमाएका छन् ।

महामारीका बेला रिलायन्स इण्डस्ट्रीजका चेयरम्यान मुकेश अम्बानीले १ घण्टामा जति पैसा कमाए त्यति कमाउन एक सामान्य मजदूरलाई १० हजार वर्ष लाग्छ । गत वर्षको मार्चदेखि अक्टोबरसम्म उनको सम्पत्ती दुईगुणाले बढ्यो ।

उनको सम्पत्ती ५.८ लाख करोड रुपैयाँ रहेको छ । मार्च २०२० मा मुकेश अम्बानीको सम्पत्ती २.७ लाख करोड रुपैयाँ थियो । अक्टोबरको शुरुमा यो दुईगुणा भन्दा धेरैले बढेर ५.७ करोड रुपैयाँ भयो ।

उनको सम्पत्ती हरेक महिना ५० हजार करोड रुपैयाँ, हरेक दिन १,६६७ करोड रुपैयाँ र हरेक घण्टा ६९ करोड रुपैयाँ भयो ।

दोश्रो तर्फ असंगठित क्षेत्रका मजदूरका लागि न्यूनतम मजदूरी १७८ रुपैयाँ छ । ६९ करोड कमाउनका लागि यसअनुसार उनीहरुलाई १० हजार वर्षभन्दा बढी लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?