दाङ पुगेर प्रधानमन्त्री ओलीले भने- ‘विकासको लहर ल्याइएको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याइएको बताएका छन् ।

सोमवार (आज) दाङको सिसहनिया-गढवा जोडने ८६५.४० मिटर लामो नवनिर्मित पुलको उद्घाटन पश्चात जनसभामा बोल्दै प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको विकासका लागि उक्त पुलको अत्यन्त जरुरी रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीद्वारा उद्घाटन गरिएको उक्त पुल नेपालकै दोस्रो लामो मोटरेबल पुल हो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७३ सालमा उक्त पुलको शिलान्यास गरेका थिए ।

पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमवार बिहान दाङतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली दाङ जाने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्धारित समयमा नै काम सम्पन्न गरेकोमा निर्माण कम्पनी लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?