अमेरिकाले दक्षिण चीन सागरमा उतार्यो युद्धपोत, बाइडेनले दिएका थिए चेतावनी

काठमाडौं । अमेरिकामा जो बाइडेनको नयाँ सरकार आए लगत्तै चीन र अमेरिकाको बीचमा एक पटक फेरि वाक युद्ध शुरु भएको छ । यो घटना ताइवानलाई लिएर शुरु भएको हो ।

पहिला चीनका १२ लडाकू विमान ताइवानको एयर डिफेन्स टेरिटोरीमा पुगेका थिए । यसको जवाफमा अब अमेरिकाले आफ्नो लडाकू युद्धपोत दक्षिण चीन सागरमा उतारेको छ ।

अमेरिकी सेनाले आईतवार यूएसएस थियोडोर रुजवेल्टको नेतृत्वमा केहि अमेरिकी युद्धपोत दक्षिण चीन सागरमा पुगेको जानकारी दिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो विषयलाई लिएर चीनलाई सीमामा रहन भन्दै चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?