एमाले, माओवादी केन्द्र र नया शक्तिबिच एकता !

काठमाडौं, १७ असोज– नेकपा एमाले र माओवादी केन्द्रसँगै चुनाबी तालमेल नया शक्ति पार्टी पनि मिसिने भएको छ । एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढेसँगै नयाँ शक्ति पाटीले पनि एकतामा चासो देखाएको हो । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले, माओवादी केन्द्र र नया शक्ति पाटीविच चुनाब चिन्ह बाहेकको अन्उ विषयमा सहमती बनेको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार एकता सम्झौता घोषणा गरिँदैछ । यसअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका सन्दर्भमा सात बुँदे सहमति भएको थियो । बामदलहरुबीच कार्यगत एकता गर्दै आगामी निर्वाचनमा जाने एमाले र माओवादी केन्द्रको निर्णयसँगै अन्य दलहरुपनि यसमा सामेल हुने संकेत नयाँ शक्ति पाटीको निर्णयबाट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?