ढुंगा प्रहारबाट घटनास्थलमै मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । दाङमा एक जनाको ढुंगा प्रहारबाट मृत्यु भएको छ । छिमेकीले ढुंगा प्रहार गर्दा घोराही उपमहानगरपालिका-१३ लाते बस्ने २१ वर्षीय रामु बिकको आइतवार साँझ मृत्यु भएको छ ।

आपसी विवादमा सोही ठाउँ बस्ने २० वर्षीय खिम बहादुर पुनले रामुको टाउकोमा ढुङ्गा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । हत्या गरी फरार रहेका खिम बहादुर पुनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?