ट्रम्पविरुद्ध दोश्रो पटकको महाअभियोगको प्रक्रिया आजबाट

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा ८ फेब्रुअरीबाट महाअभियोगको सुनुवाई हुनेछ । तर प्रक्रिया आजबाट शुरु हुनेछ ।

सांसदको तल्लो सदनले महाअभियोगको कपी उच्च सदनमा पठाउनेछ ।

यसपछि दुबै सदनले महाअभियोगको तयारी शुरु गर्नेछन् ।

अमेरिकी इतिहासकै २३१ वर्षमा यो पहिलो पटक हो, जब एकै राष्ट्रपतिलाई पदमा रहँदै दुई पटक महाअभियोग सहनु परेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?