ब्राजिलमा विमान दुर्घटना : ४ फुटबलरको निधन

काठमाडौं । कोरोना भाइरस पोजेटिभ पाइएपछि टीम भन्दा फरक यात्रा गरिरहेका ब्राजिल फुटबल क्लव पालमसका चार खेलाडीको विमान दुर्घटनामा निधन भएको छ ।

यो विमान उत्तरी प्रान्त टोकान्सिसमा उडान भरेको केहि समय पहिला रनवेबाट चिप्लिएको थियो ।

यो दुर्घटनामा क्लवका अध्यक्ष र पाइलटको पनि निधन भएको छ । क्लवका अनुसार खेलाडी विला नोभाविरुद्ध म्याच खेल्नका लागि गोयनिया गइरहेका थिए ।

क्लवका प्रवक्ता इजाबेला मार्टिन्सले एसोसिएटेड प्रेससँग यी खेलाडी निजी विमानबाट यात्रा गरिरहेको बताए ।

किनभने उनीहरुलाई कोरोना संक्रमण भएको थियो

। मृतकमा क्लवका अध्यक्ष लुकास मीरा, खेलाडी लुकास प्राक्सडेस, गुलरमे नो, रानुले र मार्कस मोलिनारी छन् । पाइलटको भने पहिचा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?