निर्वाचन आयोगको निर्णयप्रति माधवकुमार नेपालको प्रतिक्रिया यस्तो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले नेकपाको दुवै समूहलाई मान्यता नदिएकोप्रति प्रतिक्रिया जनाएका छन् ।

सोमवार प्रदेश नं २ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष अस्वीकार गरेपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष स्वीकारेर जाने बताए ।

“निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन । प्रचण्ड हुँदै हुनुहुन्छ ।” सोमवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा प्रदेश नं २ का अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने ।

त्यस्तै आफ्नो समूहसँग बहुमत रहेको दाबी गर्दै अध्यक्ष नेपालले केपी ओली समूहको नेकपालाई धूलो छाप पार्टीको संज्ञा दिएका छन् ।

“केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् । ४३४ केन्द्रीय सदस्यमा उनीहरूसँग जम्माजम्मी १०० जना होलान्,”। भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने ।

त्यस्तै नेकपाको अध्यक्षबाट ओली गएको समेत बताएका छन् ।

सोमवार प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधामन्त्री ओलीलाई नेकपाको अध्यक्षबाट हटाउँने निर्णय गरेको थियो । भने निर्वाचन आयोगले नेकपाको कुनैपनि समूहलाई आधिकारिकता नदिने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?