आर्मीलाई २ सय २० रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनाएको छ । एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । यस्तै सुवास खकुरेलले ३८ रन जोड्दा सन्दीप जोराले २८ रन जोडे ।

कप्तान शरद भेषवाकर २४ रनमा आउट हुँदा बसन्त रेग्मीले २० रन बनाए । अमर सिंह रौटेलाले २६ रन जोडे ।

आर्मीका हरि चौहानले ५ विकेट लिए । साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले समान १र१ विकेट लिए ।

समूह ए मा रहेका दुबै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । तर, यस खेलले समूह विजेता र उपविजेता तय हुनेछ । यस समूहमा एपीएफ ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

आर्मी ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?