वरुण धवनलाई शाहिद कपूरले दिए विवाहको बधाई, भने-‘डार्क साइडमा स्वागत छ’

काठमाडौं । बलिउड अभिनेता वरुण धवन २४ जनवरीमा विवाह बन्धनमा बाँधिएका छन् ।

उनले सोसल मिडियामा आफ्नो विवाहको फोटो शेयर गरेका थिए यसैबीच उनलाई अब बधाईको ओहिरो लागेको छ ।

उनलाई बलिउड अभिनेता शाहिद कपूरले पनि रमाइलो पारामा बधाई दिएका छन् ।

शाहिदले लेखेका छन्, दुबै परिवारलाई बधाई र डार्क साइडमा स्वागत छ । उनको यो कमेन्ट सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?