पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली दाङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुल उद्घाटनको लागि दाङको राप्ति गाउँपालिका पुगेका छन् ।

दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुल उद्घाटनका लागि प्रधानमन्त्री ओली सोमवार नेपाली सेनाको हेलिकप्टरमार्फत दाङ पुगेका हुन् ।

केहीबेर अघि पुल उद्घाटनस्थल पुगेका प्रधानमन्त्री ओलीले आज उक्त पुलको उद्घाटन गर्नेछन् ।

उक्त पुल गत असारमा नै सम्पन्न भइसकेको र प्रयोगमा समेत आइसकेको छ ।

पुलको औपचारिक उद्घाटनपछि प्रधानमन्त्री ओलीले राप्ति गाउँपालिका२ लालबटियामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार वर्षअघि उक्त पुलको शिलान्यास गरेका थिए । तत्कालिन प्रधानमन्त्री प्रचण्डले २०७३ मंसिर २२ गते उक्त पुल शिलान्यास गरेका थिए।

प्रधानमन्त्री ओली दाङ जाने भएपछि त्यहाँको सरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?