हरवाचरवाका अध्यक्षमा पुनः मण्डल निर्वाचित

RSS
0
Shares

सिरहा । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको अध्यक्ष पदमा दशलाल मण्डल पुनः निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा श्रीप्रसाद सदा, महासचिवमा लागेन्द्र सदा, सहसचिवमा रामदयाल सदा र कोषाध्यक्षमा राजवतीदेवी मण्डल चयन भएका छन् । सदस्यमा आशा खातुन, गीतादेवी सदा, आशादेवी पासवान, सुमित्रादेवी खंग र सुनितादेवी सदा निर्वाचित हुुन् ।

लहानमा सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले ११ बुँदे घोषणापत्र समेत जारी गरेको छ । हरवाचरवाका नाममा रहेको अनुचित ऋण खारेजीसहित औपचारिक मुक्तिको घोषणा गर्न, स्थानीय तहको नेतृत्वमा सामाजिक संंघसस्थासँगको सहकार्यमा हरवाचरवाको स्पष्ट तथ्याङ्क सङ्कलन गर्न, प्रमाणीकरण र परिचयपत्र वितरण गर्न, सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन भइसकेको सन्दर्भमा हरवाचरवालाई विशेष सवालका रुपमा प्राथमिकतामा राख्दै जिल्लास्तरीय आयोग तथा सहजीकरण समूहमा हरवा चरवाको अनिवार्य सहभागिता सुनिश्चित गर्न माग गरेको छ ।

जमिन उपलब्ध गराउने व्यवस्था गर्न, हरवाचरवामाथि हुँदै आएको ऐतिहासिक उत्पीडनको क्षतिपूर्तिस्वरुप हरवाचरवा परिवारले स्वतन्त्रतापूर्वक सम्मानजनक जिउनसक्ने गरी पुनर्स्थापनाको एकीकृत प्याकेज निर्माण गर्दा काम, ज्याला, समानता, स्वतन्त्रतासहित शिक्षा, स्वास्थ्य, दिगो जीविकोपार्जन र रोजगारीको सुनिश्चितता गर्न र हरवाचरवाको पुनर्स्थापनाको प्याकेजसहित पर्याप्त भूमिको व्यवस्था गर्नलगायतका समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?