लद्दाख : १५ घण्टासम्म चल्यो चीन-भारत सहायक कमाण्डर स्तरीय वार्ता

काठमाडौं । चीन-भारतको बीचमा पूर्वी लद्दाखमा विवाद जारी छ । यसै जारी विवादलाई समाधान गर्नका लागि भन्दै दुवैपक्षबीच सहायक कमाण्डर स्तरीय वार्ता भएको हो । वार्ता हिजो (आईतवार) भएको थियो ।

नवौँ वार्ताका क्रममा भारतले चीन पूर्णरुपमा पछि हट्नुपर्ने बताएको छ ।

यस वार्तामा विशेष गरेर सीमामा तनाव कम गराउने विषयमा छलफल भएको बताइएको छ।

वार्ता १५ घण्टासम्म चलेको थियो । वार्ताभन्दा पहिले वायुसेनध्यक्ष एयर चीफ मार्शल आरकेएस भदौरियाले भारतलाई आक्रामक हुन आउँछ भन्दै चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?