प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनलाई हरहालतमा परास्त गरेर छाड्ने बताएका छन् ।

सोमवार प्रदेश नं २ का नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनता र राष्ट्रका निम्ति सबै क्षेत्रका नागरिकले प्राप्त गरेको संघर्ष गणतन्त्र भएकाले त्यसको रक्षा गर्नका लागि प्रतिगमनलाई परास्त गर्ने बताए ।

“हामीले यो प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । यो नेपाल राष्ट्रको निम्ति, नेपाली जनताको निम्ति । अझ हिजोको सामन्ती राज्यद्वारा उत्पीडित, अपहेलित र विभेदमा पारिएका मधेशी जनजाती, आदिवासी, दलित महिला मुस्लिम सबै सबै विभेदमा पारिएका क्षेत्रका जनता सबैको निम्ति यो जीवन भरको संघर्ष हो ।”  प्रचण्डले भने ।

त्यस्तै संसद विघटनले संविधानमाथि प्रहार भएको ठहर गर्दै प्रचण्डले पुरानो विरासतलाई ब्यूँताउनका लागि पुनः आवश्यक्ता रहेकोमा जोड दिए ।

संसद विघटनविरुद्ध फेरी काठमाडौंमा ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । जनकपुरबाट शुक्रवार १० हजार भनेकोमा १३ हजार मानिसहरु आएको उदाहरण दिँदै अर्को आन्दोलनमा २५ हजार मानिसहरुलाई जनकपुरबाट काठमाडौंको प्रदर्शनमा आउँनका लागि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?