ब्राउनसुगरसहित विभिन्न ठाउँबाट ५ जना पक्राउ

बिराटनगर । प्रतिबन्धित लागूऔषधसहित विभिन्न ठाउँबाट ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा झापाको बिर्तामोड-४ भद्रपुर रोडस्थित र बिर्तामोड-६ बुटाबारी एरियाबाट लागूऔषध खैरोहिरोईन (ब्राउनसुगर) सहित तीन जना पक्राउ परेका छन् ।

भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका-५ शर्णामतीका ३० वर्षीय मिलन राजवंशी रहेका छन् । उनलाई १२ ग्राम खैरोहिरोईन (ब्राउनसुगर) सहित पक्राउ गरिएको हो ।

यसैगरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड-६ का २० बर्षीय सुनिल राई र बिर्तामोड-७ का २३ बर्षय रुपेश गुरुङ रहेका छन । उनीहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।

विशेष सुराकका आधारमा उनीहरु तिनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आईतवार पक्राउ गरेको हो ।

यस्तै आईतवार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा-९ मगर चोक एरियाबाट १२०० ग्राम गाँजा सहित बुद्धशान्ती-१ का ५३ बर्षीय लक्ष्मीप्रसाद खतिवडालाई पक्राउ गरेको छ ।

यसै गरी मोरङ विराटनगर-१५ स्थित सिमाएरियाबाट भारतिय नागरिक लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा भारत अररिया जोगवनी-१० का १७ बर्षीय कालु कुमार शर्मा रहेका छन । उनलाई आईतवार सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले NITRAVET-७५ ट्याब्लेट, SPASMO-PROXYVON-४० ट्याब्लेट र DIALEX-DC-५ बोतल लागुऔषध सहित पक्राउ गरेको हो ।

यसरी प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका पाचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?