आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

आइतवार प्रतितोला ९२ हजार ६ सय रहेको सुनको मूल्य तोलामा २ सय गिरावट आएको छ। आज सुनको मूल्यमा २ सयले गिरावट आई प्रतितोला सुन ९२ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रवार ९२ हजार ९ सय रहेको सुनको मूल्य आइतवारसम्म तोलामा ३ सयले कमि आएको थियो ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ ।

त्यस्तै आज प्रतितोला चाँदीको मूल्यमा स्थितरता छाएको छ । आइतवार १ हजार २ सय ६० रहेको थियो । भने आज पनि त्यहि मूल्य कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?