तरकारी तथा फलफूलको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमवार (आज) को लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज कालो अंगुर प्रतिकेजी ३१० रुपैयाँ, हरियो अंगुर प्रतिकेजी २१० रुपैयाँ, अदुवा प्रतिकेजी ६५ रुपैयाँ, रातो आलु प्रतिकेजी ३० रुपैयाँ, सेतो आलु प्रतिकेजी मूल्य १९ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

स्थानीय काउलीको प्रतिकेजी मूल्य १७ रुपैयाँ ५० पैसा, कागती प्रतिकेजी १५० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३६५ रुपैयाँ रहेको छ ।

हेर्नुहोस् फलफूल तथा तरकारीको मूल्य

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?