युभेनन्टसको शानदार जित

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेनन्टसले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा युभेनन्टसले बोलोग्नालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा युभेनन्टसलाई जित दिलाउन अर्थर र वेस्टन म्याकेन्नीले एक एक गोल गरे । खेलको १५ औं मिनेटमा अर्थरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७१ औं मिनेटमा वेस्टनले गोल गर्दिया युभेनन्टसलाई २-० को जित दिलाए । जितसँगै युभेनन्टसले १८ खेलमा ६ अंक जोडेको छ ।

युभेनन्टस तालिकाको चौंथो स्थानमा रहेको छ । बोलोग्ना २० अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?