प्रधानमन्त्री ओली आज दाङ जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरीमा जाँदैछन् । राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन गर्न र लालमटीयामा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका पुलको उद्घाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन् ।

झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ १० मिटर रहेको छ । पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?