ला लिगा फुटबल : बार्सिलोनाको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एल्चेको मैदानमा बार्सिलोनालाई जित दिलाउन फ्रेन्क डी जोङ र रिकार्ड पुइगले एक एक गोल गरे । खेलको ३९ औं मिनेटमा जोङको गोलबाट बार्सिलोनाले शुरुवाती अग्रता बनाएको थियो ।

Image

त्यसपछि खेलको ८९ औं मिनेटमा रिकार्डले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए । जितसँगै बार्सिलोना लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाले १९ खेलमा ३७ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा ८ अंकले पछि रहेको छ ।

एल्चे १७ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?