सरकारलाई भट्टराईको प्रश्न: ‘गोहीको आँसु’ चुहाउॅदै उधारो समिति गठन किन ?

काठमाडौँ । पूर्वमाओवादी लडाकुका विषयमा सरकारले गरेको निर्णयप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष गरेका छन्।सबै जनआन्दोलन तथा जनयुद्धका सहिद र प्रभावितका परिवारलाई सम्मान र परिचयपत्र वितरण गर्ने सरकारको निर्णयलाई भट्टराईले गोहीको आँसु भन्दै ट्वीटरमा सरकारको निर्णयको आलोचना गरेका हुन् ।

आफ्नो कार्यकालमा सहिद र बेपत्ताहरुको हितमा भएका सबै निर्णय पछिल्ला सरकारहरुले रोकेकोप्रति पनि आपत्ति जनाउँदै अहिले ‘गोहीको आँसु’ चुहाउॅदै उधारो समिति गठन गरिएकोमा प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?