लिभरपुललाई पाखा लगाउँदै युनाईटेड एफए कपको पाँचौं चरणमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतवार राति भएको चौंथो चरणमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा प्रवेश गरेको हो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा सुरुवाती अग्रता भने लिभरपुलले बनाएको थियो । मोहमद सलाहले १८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

Image

तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।

Image

तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो। खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।

अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको सामना गर्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?