जो एक दिनका लागि मुख्यमन्त्री बनिन्

लोकपथ
0
Shares

भारतको उत्तराखण्ड राज्यकी एक १९ वर्षीया किशोरी राज्यका मुख्यमन्त्री बनेकी छन् । हरिद्वार जिल्लास्थित दौतलपुर गाउँकी सृष्टि गोस्वामी एकदिने मुख्यमन्त्री बनेसँगै भारतभर उनको चर्चा खुलिएको खबर एजेन्सीलाई उदृत गर्दै कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
गोस्वामी राष्ट्रिय बालिका दिवसका अवसरमा आइतबार प्रतिकात्मक रुपमा उत्तराखण्डकी मुख्यमन्त्री बनेकी हुन् । प्रतिकात्मक रुपमा नै भएपनि उत्तराखण्डमा पहिलो पटक महिला मुख्यमन्त्री पाएको हो । मुख्यमन्त्री बनेसँगै उनले सकारी नीतिहरु हेरफेर गर्न आयोगित औपचारिक बैठकमा सहभागी भइन् । त्यस क्रममा उनले आवश्यक सुझाव दिइन् । त्यस्तै उनी अन्य विभिन्न कार्यक्रम र बैठकहरुमा पनि सहभागी भएको समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?