व्यापारमा चीनले लगायो ‘अघोषित नाकाबन्दी’

लोकपथ
0
Shares

२०७२ वैशाखको भूकम्पपछि पटक–पटक अवरुद्ध तातोपानी रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैनन् । चीनले पछिल्लो समय अन्य मुलुकसँग अर्बौंको आयात–निर्यातको व्यापार गरिरहेको भएपनि नेपालको हकमा ‘शून्य कोभिड’ को नीति अबलम्बन गरेको छ । त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन् ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार बाणिज्य महांघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग ‘अघोषित नाकाबन्दी’ लगाएको आरोप लगाएका छन् । अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?