राजपत्रको सूचनाको आधिकारिकताबारे प्रश्न उठ्यो

लोकपथ
0
Shares

राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालयबाट जारी सूचनाको आधिकारिकताबारे सर्वोच्च अदालतमा प्रश्न उठाइएको खबर नागरिक दैनिकले छापेको छ । जारी सुनुवाइका क्रममा आइतबार राजपत्रमा प्रकाशित सूचनाको आधिकारिकताबारे प्रश्न उठाइएको हो । नेकपा प्रमुख सचेतक देवगुरुङलगायतका ४ सांसदले इजलासमा निवेदन पेश गरी सूचना आधिकारिक भए नभएको विषयमा प्रश्न उठाएका हुन् । यसअघि राजपत्रको सूचना खोजिएपछि सरकारले हतारहतार सूचना छापेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?