मुख्यमन्त्री राईको विवाह समारोहमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बधाई दिएका छन् ।

प्रेमिका ज्याङ्मु शेर्पासँग आज काठमाडौँको एलिस पार्टी प्यालेसमा विवाह गरेका राईलाई प्रधानमन्त्री ओलीले वैवाहिक जीवनको शुभकामना दिएका हुन् ।

नबदम्पती जोडीलाई शुभकामना दिन प्रधानमन्त्री पत्नी राधिका शाक्य  लगायत नेकपाका नेता , मन्त्री , सुरक्षानिकायका अधिकारीहरु , कुटनीतिक नियोगका प्रतिनिधि उद्योगी तथा राई निकट ब्यक्तिहरु पार्टी प्यालेसमामा पुगेका थिए ।

४९ बर्षिय राईले २३ वर्षीया मोडल तथा २०१८ की ‘मिस मंगोल नेपाल’ शेर्पासँग परम्परागत विवाह गरेका हुन् । मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?