नेकपाको दुवै पक्षलाई निर्वाचन आयोगले दिएन मान्यता, ओली र प्रचण्ड दुवै अध्यक्ष

काठमाडौं– निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुवै पक्षलाई आधिकारिक नमान्ने भएको छ । आज बसेको बोर्ड बैठकले दुवै पक्षको आधिकारिता दाबी नमान्ने निर्णय गरेको हो ।

यससँगै केपी शर्मा ओली र  पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नै यथावत् रहनेछ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपाका दुवै पक्षले विवरण संशोधनका लागि पेश गरेको कागजपत्र अनुसार संशोधन गर्न नमिल्ने देखिएको छ। उनले दुवै पक्षलाई छलफलमा भएको निर्णयको पत्र पठाइने जानकारी दिए।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा राजनैतिक रूपमा फुटेको थियो ।

आजै नेकपाको नेपाल दाहाल समूहले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नेकपाको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?