सीमाका बारेमा स्पष्ट जानकारी सार्वजनीक नगरेको भन्दै राष्ट्रिय अभियान नेपालको धर्ना

काठमाडौं । सरकारले सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि राष्ट्रिय अभियान नेपाल धर्ना बसेको छ ।

No description available.

नेपाल–चीन सीमाका बारेमा स्पष्ट जानकारी समेत सार्वजनीक नगरेपछि राष्ट्रिय अभियान नेपाल धर्ना बसेको हो । राष्ट्रिय अभियान नेपालले सीमा क्षेत्रका स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माघ १३ गतेसम्म धर्ना कार्यक्रम गर्ने बताएको छ ।

No description available.

नापी विभागसँग नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोओर्डिनेट, सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षणको माग गर्दै धर्ना बसेको अभियानका संयोजक विनय यादवले बताए ।

पटक–पटक माग गर्दा समेत विभागले विवरण नदिएपछि धर्ना बस्न बाध्य भएको उनले बताए । विभागको विवरणले चीनले भुमी मिचेको हो या हैन ? वास्तविकता के हो भन्ने कुरा सार्वजनीक हुने उनको भनाइ छ ।

No description available.

नेपाली कांग्रेसले चीनले नेपालको भूमि मिचेको कुरा प्रमाणसहित प्रतिवेदन तयार गरेको छ । सञ्चारमाध्यममा पनि पटक–पटक कुरा आएको छ तर सरकारले यसप्रति ध्यानै नदिने गरेको सर्वसाधरणको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?