गायक दुर्गेश थापालाई पुत्रलाभ

काठमाडौं । गायक दुर्गेश थापा र उनकी पत्नी प्राची लामालाई पुत्र लाभ भएको छ ।

प्राचीले शनिवार काठमाडौंमा नयाँ सन्तानलाई जन्म दिएकी हुन्। आमा र छोरा दुवै जनाको अवस्था राम्रो रहेको बताइएको छ । यो जानकारी गायक थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत् दिएका छन् ।

सोसल मिडियामा एक स्टाटस लैख्दै उनले यसको जानकारी गराएका हुन् । दुर्गेश र प्राचीले विवाहको खबरलाई भने गोप्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?