नेपालमा माघ १४ गतेबाट भ्याक्सिनेशन शुरु हुने, पहिलो चरणमा चार लाख ३० हजारलाई खोप लगाईंदै

काठमाडौं । नेपालमा यहि माघ १४ गते बुधवारबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजेबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरिने बताए ।

उनले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत् खोप अभियान शुरु गर्ने बताएका छन् ।

बुधवार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन शुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरूबाट खोप लगाउन शुरु गरिने मन्त्री त्रिपाठीले बताएका हुन् ।

उनले पहिलो चरणको खोप कार्यक्रममा झण्डै चार लाख ३० हजार मानिसलाई खोप लगाउने तयारी थालिएको बताए । उनले भने, ‘पहिलो चरणको खोप कार्यक्रममा झण्डै चार लाख ३० हजार मानिसलाई खोप लगाउने तयारी गरेका छौँ, यो काम १० दिनभित्र सकिनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?