साम्बाको ह्याट्रिकमा एपीएफको शानदार जित

लोकपथ
0
Shares

काठमाडौं । एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतवार भएको खेलमा विराटनगर महानगरपालिकालाई ७-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार दोस्रो जित हात पारेको हो ।

एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरिन् । यस्तै अनिता केसीले २ गोल गर्दा सरु लिम्बुले एक गोल गरिन् ।

लगातार दोस्रो जितसँगै एपीएफ लिगको शीर्ष स्थानमा उक्लिएको छ । एपीएफले २ खेलमा ६ अंक जोडेको छ ।

विराटनगरले २ खेलमा १ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?