प्रहरीका १८ एसएसपीहरुको सरुवा तथा पदस्थापन, को कहाँ ? हेर्नुहोस् सूची

काठमाडौं । नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक (एसएसपीहरु) को सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले आज नेपाल प्रहरीका हालै बढुवा भएका वरिष्ठ उपरीक्षक (एसएसपीहरु) को सरुवा गरेको हो ।

२९ पुसमा बढुवा भएका ११ एसएसपीहरु र अन्य ७ जनाको सरुवा तथा पदस्थापन गरिएको बताइएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार एसएसपी कृष्णकुमार महत प्रहरी प्रधान कार्यालयमा पदस्थापन भएका छन् भने गोविन्द कुमार साह प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा पदास्थापन भएका छन्।

यस्तै उमाशंकर पञ्जियारको प्रहरी प्रधान कार्यालय नक्साल अपराधन अनुसन्धान महाशाखामा पदस्थापन भएका छन् भने अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालयमा पदस्थापन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?