साँझको समयमा नगर्नुहोस् यी काम !

लोकपथ
0
Shares

काठमाडौं – केहि त्यस्ता कामहरु छन्, जुन अनुकुलताअनुसार भन्दापनि उचित समयमा गर्दा लाभदायक हुन्छ ।

आज हामी तपाईलाई त्यस्ता केहि कामहरुका बारेमा जानकारी दिनेछौँ – जुन साँझको समयमा गर्नुहुँदैन ।

धर्मशास्त्रका अनुसार साँझ निषेध गरिएका केही कामहरु यस्ता छन् । यी कामहरु साँझको समयमा गरेमा देवी–देवताले घरमा बास नगर्ने विश्वास गरिन्छ ।

तुलसीको मोठमा जल अर्पण गर्नु हुन्न :  घरमा तुलसीको मोठ छ भने, साँझको समयमा कहिल्यै पनि जल अर्पण नगर्न भनिएको छ । धर्मशास्त्रले यो पनि भनेको छ तुलसी पत्ता पनि साँझको समयमा नटिप्नुहोस् । साँझको समयमा तुलसीको मोठ सफा गरेर दीप प्रज्वलन गर्नाले घरमा सुखप्राप्ति हुन्छ ।

कुचो नलगाउनुहोस् : साँझको समयमा बर्जित गरिएको अर्को काम हो, कुचो लगानु । साँझ परेपछि कुचो लगाउँदा घरको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक तत्व घरभित्र प्रवेश गर्ने धार्मिक विश्वास छ । यदी यस्तो कर्म गरेमा घरमा दरिद्रताले बास गर्छ ।यदी तपाई धर्मशास्त्रमा विश्वास गर्नुहुन्न भने यो विश्वास मान्नुहोस् कि साँझमा कुनै बहुमुल्य वस्तु कसिंगरको रुपमा फालिन सकिन्छ । त्यसैले साँझमा बढारिएको फोहोर बाहिर नफाल्नुहोस् ।

कसैको निन्दा गर्नुहुँदैन : हुन त कुनैपनि समयमा अर्को डाह, ईष्र्या, आलोचना, कुरा काट्ने काम गर्नुहुँदैन । धर्मशास्त्रमा अझ साँझको समयमा भुलेर पनि त्यस्तो काममा संलग्न नहुनुहोस् ।

साँझमा नरिसाउनु /क्रोध नलिनु /झगडा नगर्नू : मानवको सबैभन्दा ठूलो दुश्मन हो – रिस राग र क्रोध। रिसले स्वयम्लाई र लक्षित व्यक्तिलाई मात्रै होईन सिंगो वातावरणलाई दुषित बनाउँछ । तपाई रिसाउँदा तपाईबाट निस्कने गलत नकारात्मक उर्जाले वातावरण धमिलो बनाउँछ । साँझको समयमा धनकी देवी लक्ष्मीले पृथ्वी भ्रमण गर्छिन् भन्ने मान्यता छ । यदि तपाईं क्रोधित र अशान्त रहनुभयो भने उनको कृपा तपाईं, तपाईको परिवार वा त्यस किसिमको वातावरणमाथि रहने छैन ।

साँझ पढ्नुहुँदैन : साँझमा किताब लिएर पढ्न बस्दा हजुरबुबा हजुरआमाले साँझमा पढ्न हुँदैन भनेको त पक्कैपनि सुन्नुभएको होला । सकभर विहानको समय पारेर पढ्नुभयो भने त्यो दिमागमा बस्छ । अर्थात् दिगो रहन्छ । धर्मशास्त्रले पनि यो बर्जित गरेको छ ।

साँझमा खाना नखानूहोस् : घाम अस्ताएपछि खाना खानु राम्रो हो । तर ठ्याक्कै साँझमा खाना नखानुहोस् । यसले शरीरमा राम्रो उर्जा दिन सक्दैन भनिन्छ ।

साँझको समय शारीरिक सम्बन्ध राख्नुहुँदैन : धर्मशास्त्रहरुले निषेध गरेका कतिपय कुराहरु यदी हामीले जानेर नजानेर गरेमा त्यसले नोक्सानी गर्छ । यो समय घरको वातावरण सफा सुरम्य बनाई धार्मिक र पवित्र धुनहरु बजाएर शान्त रहन दिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?