नेपालमा २ लाख ६४ हजार बढीले जिते कोरोना, कति छन् क्वारेन्टाइनमा ?

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार १ पुगेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ । अहिलेसम्म नेपालमा २० लाख ४३ हजार २५५ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १४५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?