मन्त्री थापाद्वारा मेलम्ची सुरुङमार्गको अवलोकन

लोकपथ
0
Shares

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।

मन्त्री थापाले आइतवार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् । अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए ।

No description available.

अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताए ।

No description available.

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए ।

No description available.

सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने पनि कार्यकारी निर्देशक खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?