सुदूरपश्चिम र प्रदेश २ प्रधानमन्त्री कपबाट बाहिरिए

लोकपथ
0
Shares

काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश-२ बाहिरिएका छन् ।

सुदूरपश्चिमले प्रदेश-२ लाई ३ विकेटले पराजित गरेको छ । यो हारसँगै प्रदेश दुई पनि समूह चरणबाट औपचारिक रुपमा बाहिरिएको छ । सुदूरपश्चिम यसअघिनै बाहिरिएको थियो ।

यो जितसँगै सुदूरपश्चिम ४ खेलमा ३ मा हार र १ मा जित सहित चौथो स्थानमा रहँदै बाहिरिएको छ । प्रदेश-२ तीन खेलमा तीनमानै पराजित हुँदै एक खेल अगावै बाहिरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?