प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बारका पूर्व अध्यक्षहरुको माग

काठमाडौं । नेपाल बार एशोसिएशनका ४ पूर्व अध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीको घोर अपमान भएको भन्दै आपत्ति जनाएका छन् ।

आइतवार (आज) एक विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ताहरु हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी लगायतले समस्त कानून व्यवसायीहरु माथिकै सत्तापक्षद्वारा गरिएको निर्जज्ज प्रहार भएको निष्कर्ष निकालेका छन् ।

“सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहि रहेको बखतमा सम्माननीय प्रधानमन्त्रीज्यूले गत मिति २०७७/१०/०९ गते आफ्नो दलका पेशा व्यवसायीको भेलामा अभिव्यक्त गरेको विचारले कानून व्यवसाय, कानून व्यवसायका सबभन्दा जेष्ठ सदस्य वरिष्ठतम अधिवक्ता नेवाएका पूर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारीको घोर अपमान र मान मर्दन गरेकोले यो समस्त कानून व्यवसाय माथिकै सत्तापक्षद्वारा गरिएको निर्लज्ज प्रहार हो भन्ने हाम्रो निष्कर्ष रहेको छ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतमा प्रतिकुल असर पार्ने प्रयास भएको भन्दै यस विषयलाई गम्भीरतापूर्वक लिएको समेत बताएका छन् ।

त्यस्तै वरिष्ठ अधिवक्ता माथि लक्षित उक्त अभिव्यक्तिप्रति प्रधानमन्त्रीलाई जवाफदेही बनाउँदै सार्वजनिक रुपमा माफि माग्नुपर्ने माग समेत उनीहरुको रहेको छ ।
“वरिष्ठ अधिवक्ता भण्डारी नेपालको कानून व्यवसायको मात्र नभइ स्वतन्त्र न्यायपालिका र लोकतन्त्र समेतको जिवित इतिहास हो । पञ्चायत कालमा स्वर्गीय विपि कोइराला, रामराजाप्रसा सिंह र स्वयम प्रधानमन्त्रीलाई झापा आन्दोलनको क्रममा लागेका राजनीतिक मुद्दा बहस गर्न कष्ठ साध्य यात्रा र स्वयम् कानून व्यवयायी हुनुहुन्छ । यस्तो इतिहास भएको व्यक्तिलाई आफ्नो विपक्षमा बहस गरेकै आधारमा अपमान गर्ने होच्याउने र दुर्वाच्य बचनले प्रहार गर्ने कुरा प्रमको शक्तिको अहंकार र उन्माद भएको हाम्रो ठहर छ । प्र.म.को उक्त अभिव्यक्तिप्रति हामी खेद र भत्सर्ना व्यक्त गर्दछौँ । साथै उक्त अभिव्यक्तिका विरुद्धमा उभिन नेवाए र देशभरका कानून व्यवसायीहरुलाई अनुरोध गर्दै यस सम्बन्धमा प्र.मलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अपहेलना जन्य कार्य गरेबापत उहाँलाई जवाफदेही बनाउन यसै विज्ञप्तिद्वारा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ ।” जारी विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?