साम्बाको २ गोल, एपीएफलाई पहिलो हाफमा ३ गोलको अग्रता

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ र विराटनगर महानगरपालिका भिड्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ३-० को अग्रता बनाएको छ ।

एपीएफका लागि सावित्रा भण्डारीले २ गोल गरिन भने अनिता केसीले एक गोल गरेकी छिन् । खेलको नवौं मिनेटमा अनिताले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् ।

खेलको २६ औं मिनेटमा सावित्राले एकल प्रयासमा गोल गर्दै एपीएफलाई २-० को अग्रता दिलाईन । यस्तै खेलको ४२ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ पहिलो हाफमा ३-० ले अघि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?