प्रधानमन्त्री ओलीले भने- ‘म तानाशाही होइन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनविरुद्ध कराउनेहरु देश विकासको बाधक रहेको आरोप लगाएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई चारैतिरबाट घेराबन्दीमा पारेकाले संसद विघटन गर्नुपरेको बताउँदै गर्दै आफू जनतामा जान लागेकाले तानाशाही नभएको दाबी गरे।

सबै शक्ति आफ्नो हातमा लिने मान्छे मात्रै तानाशाही हुने तर आफूले जनतामा जाने निर्णय गरेकाले तानाशाही नभएको ठोकुवा गरे । त्यस्तै विकासका बाधकहरुलाई निर्वाचनमार्फत ठेगान लगाउने बताए ।

“म तानाशाही होइन् । सबै शक्ति आफ्ना हातमा लिएको भएको पो, त्यसैले म तानाशाही होइन् मैले जनतामा जान लागेको हुँ । त्यस्ता देशद्रोही तत्वहरुलाई निर्वाचनमा ठेगान लगाउनु पर्दछ ।” उनले भने ।

त्यस्तै सांसदहरु ५ वर्ष संसदमा जागिर खान आएको आरोप लगाएका छन् । संसद स्थायी जागिर नभएको बताउँदै प्रधानमन्त्री ओलीले सांसदहरुलाई निर्वाचनमा जान आग्रह गरे ।

“संसद भनेको जागिर हो । यो स्थायी जागिर हो ? विदेशीहरुका लागि काम गरेपछि अरुका लागि काम गरेपछि जनताको ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय गरेको हुँ ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?