आफ्नो जन्मदिनमा इरफानलाई सम्झिँदै भावुक भइन् सुतापा, लेखिन् ‘इमोशनल नोट’

काठमाडौं । दिवंगत अभिनेता इरफान खानकी श्रीमती सुतापा सिकदरको आज जन्मदिन हो ।

सुतापाले आफ्नो जन्मदिनमा इरफानलाई याद गर्दै इमोशनल नोट लेखेकी छन् । अभिनेता इरफानको निधन २९ अप्रिल २०२० मा भएको थियो ।

सुतापाले आफ्नो जन्मदिनमा उनलाई सम्झिँदै लेखेकी छन्, ‘तपाई कहिल्यै पनि जन्मदिन याद गर्नु हुन्थेन, यस कुरामा तपाईलाई पछि पछुतो हुन्थ्यो, यो त्यो दुनियाँको कुरा थियो, के तपाई अहिले जहाँ हुनुहुन्छ, त्यो दुनियाँमा दोश्रो एनर्जीको बर्थ डे याद राख्छन् ?, त्यहाँ कस्तो हुन्छ, तपाई जबसम्म यो संसारमा हुनुहुन्थ्यो, तपाई सधैँ दोश्रो संसारको बारेमा सोच्नुहुन्थ्यो, के तपाई अहिले पनि जन्मदिन बिर्सिनुहुन्छ ? तपाईलाई मेरोतर्फबाट सबैभन्दा टाइट हग ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?