‘दुई पटक किड्नी फेरेर पनि काम गर्ने प्रधानमन्त्री विश्वमा छैन’

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुलाई आत्मविश्वास साथ काम गर्न आग्रह गरेका छन् ।

आफूपनि दुई-दुई पटकसम्म किड्नी फेरेर पनि काम गरिरहेको उदाहरण दिँदै आत्मविश्वाका साथ काम गर्न आग्रह गरेका हुन् ।

आइतवार अपांगता भएका व्यक्तिहरुसँग काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

“म पनि थोरै थोरै अपांगता भएकै व्यक्ति हुँ । म पनि किड्नी फेल भएर अर्को किड्नी फेरेर ह्वील चियरमा बसेको छु । किड्नी फेरेर पनि बाच्न सकिन्छ, काम गर्न सकिन्छ भन्ने उदाहरण हुँ ।” प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुलाई हरेस नखाई काम गर्नुपर्नेमा जोड दिएका छन् । झमक कुमारी घिमिरेको उदाहरण दिँदै विश्वविद्यालय नै नगएको व्यक्तिले विद्यावारिधि गरेको उदाहरण दिएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले आफूलाई दुईदुई पटक किड्नी फेरेर पनि काम गरिरहेको पहिलो प्रधानमन्त्री भएको दाबी गरेका छन् ।

“दुईवटा किड्नी फेर्ने विश्वमा कुनै पनि प्रधानमन्त्री छैनन् ।” उनले भने ।

त्यस्तै नेपाल गरिब देश भएपनि आफ्ना नागरिकहरुलाई हेरबिचार गर्ने कुरामा कुनै कन्जुस्याई नगर्ने बताए ।

“हामीहरुले हरेस खानु हुन्न । तपाईको साथमा सरकार छ । हाम्रो गरिब देश भएपनि आफ्ना नागरिकहरुलाई हेरविचार गर्ने कुरामा कन्जुस्याई राख्दैन् ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?