अपांगता भएका व्यक्तिहरुलाई हेर्न सरकार साथमा छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपांगता भएका व्यक्तिहरुका लागि सरकार साथमा रहेको बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित अपांगता निवारणका लागि काम गरिरहेका ९ वटा संस्थाहरुले गरेको अन्तर्किया कार्यकमा बोल्दै आवश्यक्ता हुनेलाई सरकारले हेर्ने बताए ।

“जसलाई सहयोगको आवश्यक्ता छ । सरकार तपाईहरुको साथमा छ । जीवनमा आइपरेका समस्याहरुको समाधानको लागि सरकारले सोच्छ, सोच्नैपर्छ ।” प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका केही महत्वपूर्ण काम गर्नु कामहरु गरिरहेको भन्दै त्यसबारे सरकारको काम कारबाहीका बारेमा प्रष्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले भने- “हिजो सडकभरी बालबालिका हुने गर्थे । जसलाई खाते भन्ने नाम लिएर सम्बोधन गर्ने गरेका थिए । अहिले सडकमा खाते छैन् । सरकार छ यहाँ कसैलाई खाते हुन दिइँदैन ।”

त्यस्तै सरकारको काम देशमा शुसासन कायम गर्नु र विकास गर्नु भएको प्रष्ट पारेका छन् । जनताको समस्या पहिचान गर्नु र समाधान गर्नु नै सरकारको काम रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?