आजको दिन तपाईका लागि कस्तो ? हेर्नुहोस् राशिफल

काठमाडौं । वि.सं. २०७७ साल माघ १२ गते । सोमवार । इ.स.२०२१ जनवरी २५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । नेपाल संवत् ११४१ । पौष शुक्लपक्ष । तिथी– द्वादशी,२३ बजेर १९ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–मृगशिरा,२५ बजेर २० मिनेट उप्रान्त आर्द्रा । योग– ऐन्द्र,२२ बजेर १६ मिनेट उप्रान्त वैधृति । करण–बव,१० बजेर ३८ मिनेट उप्रान्त बावल,२३ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–वृष,१२ बजेर २५ मिनेट उप्रान्त मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेटमा,सूर्यास्त १७ बजेर ३७ मिनेटमा । दिनमान २६ घडी ४४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिहानको समय राम्रो रहेकोले पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट असजिलो परिस्थितीमा साथ दिनेहरु कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला,बलजफ्ती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरु सँग मनमुटाव बढ्ने तथा छिमेकीहरुसँग विवाद हुने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडी हरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बिहानको समयमा लामो दूरीको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागि समय राम्रो रहेको छ । मध्यान्हबाट राजनीति तथा समाजसेवामा भनेजस्तो समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । खोजीमुलक क्षेत्रमा रुची बढ्ने तथा अध्ययनमा मन जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । व्यापारबाट मनग्गे धन आर्जन हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिहानको समय राम्रो रहेकोले नोकरी तथा कार्यक्षेत्रमा तपाईको प्रस्तुती गहन हुनेछ । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्थामा सुदृढ हुनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैँतिर ल्याउन सकिनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई कामहरु प्रभावित हुनेछन् । तर पनि लामो दूरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आम्दानीका विभिन्न स्रोतहरु फेला पार्न सकिनेछ । सानो पुँजीबाट व्यापार शुरु गरी मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुले नयाँ ठाउँको भ्रमण गरी दिनलाई फलदायी बनाउनेछन् । अध्ययनमा थोरै मिहेनतले राम्रो सफलता हात पार्न सकिनेछ । अग्रहरुको धन तथा सम्पत्तीको प्रयोग मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिहानको समय राम्रो रहेकोले छोटो दूरीको धार्मिक तथा शैक्षिक यात्रा गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा खोजीमुलक क्षेत्रमा रुची बढ्नेछ । मध्यान्हबाट समय मध्यम रहेकोले व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल भने ढिलामात्र प्राप्त हुनेछ । सरकारी साधन स्रोतको प्रयोग गर्दा ध्यान दिनुहोला काम बिग्रने हुनाले जरिवाना तिर्नु पर्ने हुन सक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ । अध्ययनमा अली बढी समय लगानी गरे राम्रै नतिजा हात पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

समयले साथ दिने हुँदा धर्म तथा अध्यात्म लगाएत अन्य वस्तुको व्यापार फस्टाएर जानेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने योग रहेकोछ भने पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्नेछ । बिहानको समय मध्यम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा आफैँतिर ल्याउन सकिनेछ । आफन्त तथा सहपाठीहरुबाट सुनिने शुभ समाचारले उत्साह जगाउनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्ती तथा विलाशी वस्तुका प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

बिहानको समय राम्रो रहेकोले विद्या तथा खोजीमुलक क्षेत्रमा चासो बढ्नाले भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । आफन्त तथा मामा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले भौतिक सम्पत्तीको प्रयोग गर्दा ख्याल गर्नुहोला । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर यात्रा नहोला भन्न सकिन्न ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिहानको समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा नतिजा आफूतिर नै ल्याउन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यवसायबाट मनग्गे आम्दानी हुनेछ । प्रेममा रमाउन चाहनेहरुको लागि समय उत्तम रहेको छ । मध्यान्हबाट समय मध्ययम रहेकोले व्यापार व्यवसायमा मन्दी आउने समय रहेको छ । अवसरवादीहरुको चंगुलमा परिनेछ ध्यान दिनुहोला । न्यायालयबाट न्याय पाउन कठिन रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या देखिन सक्छ । कार्यक्षेत्रमा समर्थन गर्नेभन्दा आलोचना गर्नेहरु सक्रिय हुनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले अध्ययनमा मन जानेछ भने अध्ययनकै शिलशिलामा लामो दूरीको यात्रा हुनेछ । व्यापार व्यवसायमा लगानी बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बिहानको समय राम्रो रहेकोले कृषि,पशुपालन तथा सहकारीजस्ता क्षेत्रको व्यवसाय फस्टाएर जाने हुनाले आम्दानी बढाउन सकिनेछ । अध्ययनमा भनेजस्तो नतिजा प्राप्त गर्न सकिनेछ । मध्यान्हबाट राज्यको मेकानिजम् भित्र बसेर काम गर्नेहरुका लागि समय मध्यम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मनमुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेको छ । घर जग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला ।

तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?