पाँच महिनादेखि कोरोना संक्रमित छिन् यी महिला, लगातार ३१ पटक टेस्ट पोजेटिभ

काठमाडौं । भारतको राजस्थानकी एक महिला ५ महिना यता कोरोना संक्रमित छिन् ।

उनको लगातार ३१ औँ पटक कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको छ ।

भारतको राजस्थानस्थित भरतपुरकी ति महिलाको यस्तो रिपोर्टले स्वास्थ्य विभाग चिन्तित बनेको छ । पाँच महिना पहिले महिला एक आश्रममा गएकी थिइन् ।

आश्रमले महिलाको कोरोना परीक्षण गराएको थियो । जसमा उनी संक्रमित पाइन् ।

त्यसपछि उपचारको लागि उनलाई क्वारेन्टाइन लगियो । उनी पाँच महिना यता लगातार क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरले बताएका छन् ।

मुख्य चिकित्सा एवं स्वास्थ्य अधिकारी डाक्टर कप्तानले पहिले पनि यस किसिमको केस बयानाका एक युवकमा पनि देखिउको बताए ।

उनको १३ पटक कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?