लागूऔषध ब्राउनसुगरसहित ४ जना घरबाटै पक्राउ

मोरङ । मोरङ पथरी शनिश्चरे-४ स्थितमा रहेको एक घरबाट लागूऔषध खैरोहिरोईन (ब्राउनसुगर)सहित चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरुमा सोही स्थानका १९ वर्षीय साजन राई, २२ वर्षीय छिरीङ राई र २४ वर्षीय नवराज राई रहेका छन् भने भोजपुर साल्पासिलोछो-२ का १९ वर्षीय निराज राई रहेका छन्।

घरमा लागूऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई शनिवार राति राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ६३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्याब्लेट लागूऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र निजहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

यसरी पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?