प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै संवैधानिक इजलासमा प्रश्न

काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा भइरहेको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गर्ने अभिव्यक्ति दिएको भन्दै सर्वोच्चको संवैधानिक इजलासमा प्रश्न उठेको छ ।

आइतवारको बहसका क्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै उक्त कुरा उठाएका हुन् ।

अधिवक्ता त्रिपाठीले त्यसबारे प्रश्न उठाउँदै संवैधानिक इजलासको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री ओलीले शुक्रवार एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भन्दै व्यंग्य गरेका थिए।

यसै क्रममा अधिवक्ता त्रिपाठीले प्रधानमन्त्रीको अदालत र वकिलबारे दिएका अभिव्यक्ति रोक्न पनि उनले माग गरे।

उनको कुरा सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बजारमा क-कसले के हल्ला गर्छन त्यसबारे अदालतले त्यसकारे कुरा नसुन्ने बताएका थिए ।

प्रधानन्यायाधीश राणाले भने। ‘हामीले बजारमा को-को हल्ला गरे भनेर हेर्ने कुरा हुन्न। पक्ष-विपक्ष र बारे आफ्ना धारणा राख्दै हिँडेका छन्। हामीले कसैको कुरा सुन्दैनौं’।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?