म्याग्दीमा ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । म्याग्दीमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ खिवाङ स्थायी वतन भई मालिका गाउँपालिका-१ निस्कोट बस्ने ३३ वर्षीय कृष्ण बहादुर बिकलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कृष्ण बहादुरले ती बालिकालाई यही शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?